हेटौंडामा मृत भेटिएका पुरुषको पहिचान खुल्यो
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहनगरपालिका वडा नम्वर ११ स्थित नवलपुरको नयाँ राप्ती पुलमुनी खोलामा आइतबार मृत भेटिएका पुरुषको पहिचान खुलेको छ । उक्त शव हेटौंडा–१ चौकीटोल घर भएका ५२ वर्षीय मधु भन्ने तेजप्रसाद देवकोटाको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, देवकोटाको शव आइतबार दिउँसो खोला किनारमा छेउमा घोप्टो परेको अवस्थामा भेटिएको थियो । देवकोटाको स्थायी घर चौकीटोल भएपनि परिवारबाट अलगिएर विगत ३/४ वर्षदेखि नवलपुर बस्दै आएका थिए । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
