युनियनको केन्द्रीय सदस्यमा मकवानपुरका दाहाल निर्वाचित

तु खबर संवाददाता
२०७९ श्रावण ९, सोमबार १०:२९

मकवानपु । नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा मकवानपुरका राजन दाहाल (खुसराज) निवाृचित भएका छन् । युनियनको हेटौंडामा साउन ६ र ७ गते भएको नवौँ राष्ट्रिय अधिवेशनबाट दाहाल केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

दाहाल ५६७ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । दाहाल मकवानपुरको रेडियो पत्रकारितामा सक्रिय छन् भने जिल्ला खेदकुद विकास समितिका कार्यालय प्रमुख समेत हुन् ।