थप ३४७ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
काठमाडौं । नेपालमा थप ३४७ कोरोना भाइरस (कोभिड–१९) संक्रमणका पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ३ हजार ८८८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, दुई हजार ३६० पीसीआर परीक्षणमा ३०३ जना र १५२८ एन्टिजेन परीक्षणमा ४४ जना गरी ३४७ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १७७ पुगेको छ । त्यस्तै, सो अवधिमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएके छ भने ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
जसमध्ये तीन हजार ३५ जना होम आइसोलेसनमा र १४२ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २२ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा १६९ जना संक्रमित भेटिएका छन् । त्यस्तै ललितपुरमा ३५, कास्कीमा २७, मोरङमा १७ र भक्तपुरमा १२ जना संक्रमित भेटिएका छन् ।
