बागमती प्रदेश प्रहरी प्रमुख बज्राचार्यलाई स्वागत
मकवानपुर । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरीले बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्यलाई स्वागत गरेको छ । आइतबार एक कार्यक्रमबीच प्रहरी नायब महानिरीक्षक बज्राचार्यलाई स्वागत गरिएको हो ।
प्रदेश प्रहरी प्रमुख बज्राचार्यले सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगर मकवानपुरद्धारा आयोजित सप्ताहव्यापी वृक्षारोपण कार्यक्रममा शुभारम्भ समेत गरेका थिए । कार्यक्रममा उपस्थित सामुदायिक सेवा केन्द्रका संस्थापक सदस्य, वर्तमान पदाधिकारीहरु, स्थानिय वुद्धिजिवि एवं समाजसेवी, संघसंस्था तथा आमा समुहहरुको उपस्थित रहेको थियो ।
