निर्वाचनमा थप मेहनत आवश्यक छ : सह–महामन्त्री डीना

तु खबर संवाददाता
२०७९ श्रावण ४, बुधबार १८:०७

मकवानपुर । नेपाली कांग्रेसकी सह– महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ ले आगामी निर्वाचनमा थप मेहेनत आवश्यक रहेको बताएकी छिन् । नेपाली कांग्रेस मकवानपुरद्वारा बुधबार हेटौंडामा आयोजित जनप्रतिनिधि सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्याय डीनाले सो कुरा बताएकी हुन् ।

उनले आफ्ना उम्मेदवारहरुलाई सफल बनाउन स्थानीय तहमा प्राप्त नतिजाको आधारमा थप मिहेनत गरेर अघि बढ्नुपर्ने बताइन् ।

‘आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अझै राम्रो गर्न आ–आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने आवश्यकता छ । हामीले स्थानीय तहको निर्वाचनको नतिजालाई आधार मानेर थप सक्रिय रुपमा काम गर्नुपर्छ ।’ उनले भनिन् ।

सम्मान कार्यक्रम कांग्रेस मकवानपुरमा सभापति बुद्ध लामाको सभाध्यक्षता एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।