पहिरोका कारण पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

तु खबर संवाददाता
२०७९ श्रावण ४, बुधबार ०८:३०
file photo

दमौली । पहिरोका कारण पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गएराति परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्डखण्ड अवरुद्ध भएको हो ।

सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको जनाइएको छ ।