तीन दलका नेताहरुबीच सिंहदरबारमा छलफल
काठमाडौं । समाजवादी केन्द्र निर्माणबारे तीन दलका नेताहरु छलफलमा जुटेका छन् । छलफल सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेताहरु जारी छ ।
छलफलमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नाराणकाजी श्रेष्ठ र वर्षमान पुन, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम सहभागी छन् । संघीय चुनाव नजिकिँदै जाँदा हालको सत्ता गठबन्धनभित्रै उपगठबन्धन बनाउने अभ्यासमा नेताहरु जुटेको जनाइएको छ ।
