राष्ट्रिय परिचय पत्रका लागि ८० लाख व्यक्तिको विवरण सङ्कलन
मकवानपुर । राष्ट्रिय परिचय पत्रका लागि ८० लाख व्यक्तिको विवरण संकलन गरिएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका अनुसार, हालसम्म ५० लाख कार्ड प्राप्त भएको छ भने २ लाख कार्ड छपाइ सकिएको छ ।
राष्ट्रिय परिचय पत्रको अवधारणा १२ वर्ष अघि अर्थात २०६६/६७ देखि सुरु भए पनि गएको मंसिर १ गतेबाट राहदानी बनाउँदा राष्ट्रिय परिचय पत्र पनि अनिवार्य गरे पछि बनाउनेको सङ्ख्या बढेको थियो । आगामी आर्थिक वर्ष ७० लाख कार्ड छपाई गरी तीन वर्ष भित्र सबै व्यक्तिको हातमा पुर्याउने लक्ष्यका साथ काम भइरहेको विभागका महानिर्देशक तिर्थराज भट्टराईले जानकारी दिए ।
राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन गर्न विभागले हालसम्म ३६ जिल्लामा घुम्ती शिविर सञ्चालन गरिसकेको छ भने १० जिल्लामा हाल जारी छ । त्यसैगरी, थप ३ वटा जिल्लामा घुम्ती शिविर सञ्चालन गर्ने तयारी छ ।
