खोला किनारमा एक जनाको शव फेला

तु खबर संवाददाता
२०७९ श्रावण २, सोमबार १६:३५
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३, साँखु एक जनाको शव फेला परेको छ । सडेर कंकाल भइसकेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

उक्त शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार, खोलाको नजिक शव भेटिएपछि प्रहरी वृत्त, बौद्धका डीएसपी ढुण्डिराज न्यौपाने र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि घटनास्थलतर्फ जाँदै गरेको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।