कांग्रेस मकवानपुरले जनप्रतिनिधिलाई सम्मान गर्ने

तु खबर संवाददाता
२०७९ श्रावण २, सोमबार १५:४४

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्मान गर्ने भएको छ । कांग्रेसको तर्फबाट जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटै पालिकाको विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरुलाई साउन ४ गते एक कार्यक्रमकाबीच सम्मान गरिने जिल्ला सभापति बुद्ध लामाले जानकारी दिए ।

जिल्लाको ५ पालिकाको प्रमुख, ४ पालिकाको उपप्रमुख र कूल १०२ वडामध्ये झण्डै आधा वडामा कांग्रेसले नेतृत्व गरेको छ । सो कार्यक्रममा कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्कालगायत केन्द्रीयस्तरका नेताहरु र बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको समेत उपस्थिति रहने उनले बताए ।

त्यस्तै, कार्यक्रममा अगुवा कार्यकर्ताहरुलाई अभिमुखिकरण गरिनुको साथै स्थानीय तहका उपविजेता उम्मेदवारहरुलाई हौसला प्रदान गरिने पार्टी सचिव भीमसेन महतले बताए । सोही कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरको इतिहास समेटिएको पुस्तक ‘बृहत राजनीतिक दर्पण’ विमोचन गरिने प्रवक्ता अर्जुन चौंलागाईले जानकारी दिए ।