आज साउनको पहिलो सोमबार
मकवानपुर । आज साउनको पहिलो सोमबार । महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजाआराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ , भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लाग्ने परम्परा छ ।
साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । यस वर्ष साउनमा पाँच सोमबार परको छ । पाँच वटा सोमबार परेको साउनबाट नयाँ ब्रतालुले पनि साउने सोमबारको ब्रत सुरु गर्छन् । साउनको सोमबार ब्रत बसेमा मनको इच्छा पूर भई अटल साभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
सोही विश्वासमा मकवानपुरको हेटौंडामा रहेको विभिन्न मन्दिरहरुमा विहानदेखि भक्तजनको भीड लागेको छ । हेटौंडा उपमहानगरपालिका वडा ४ स्थित भुवनेश्वर मन्दिर, हेटौंडा–१० मा रहेको भुटनदेवी र गोरक्षेश्वर मन्दिर, हेटौँडा–१, भैरवडाँडामा रहेको पाथीभरा देवी मन्दिर, हेटौंडा–५ मा रहेको रुद्रेश्वर र दक्षिणकाली मन्दिरलगायतका धार्मिकस्थलमा आज बिहानै देखि भक्तजनहरुकोे भिड लागेको छ ।
