विद्यालयलाई जग्गा दान

तु खबर संवाददाता
२०७९ असार ३२, शनिबार १४:५५

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ नवलपुरका ८१ वर्षीय मित्रबहादुर पुडासैनी र हेटौंडा ३ बसामाडीका ६८ वर्षीय मीन बहादुर पुडासैनीले विद्यालयलाई जग्गा दान गरेका छन् । उनीहरुले इन्द्रसरोबर गाउँपालिका वडा नम्वर– २ मा रहेको श्री पन्चकन्या माध्यामिक विद्यालयका लागि सयुक्त रुपमा ७ आना जग्गा दान गरेका हुन् ।

उक्त जग्गा स्कुल स्थापनाको लागि ०३४ सालमा दिइएको र हाल जग्गा कानूनी रुपमा पास गरिएको हो । उक्त समयमा विद्यालयसँग जग्गा नहुँदा भवन निर्माणमा समस्या देखिएको थियो । भवन नहुँदा विद्यार्थी साँघुरो भवन तथा खुला चौरमै पढ्न बाध्य थिए ।

यसैलाई मध्यनजर गरी स्कुलको भवन निमार्णका लागि राजिखुसीले जग्गा दान गरेको वृद्ध मित्र बहादुर पुडासैनी बताए । उनले आफ्नो स्वर्गीय पिता झम्क बहादुर पुडासैनी र माता स्वर्गीय रत्न कुमारी पुडासैनीको स्मृतिमा जग्गा दान गरेको बताए । सो जग्गाको मूल्य हाल ३० लाख अनुमान गरिएको छ ।