अनेरास्ववियु उपमहानगरपालिका कमिटीमा नवराज पौडेल

तु खबर संवाददाता
२०७९ असार ३२, शनिबार १०:३२

मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन हेटौंडा उपमहानगरपालिका कमिटीमा नवराज पौडेल चयन भएका छन् । कमिटीको शुक्रबार भएको प्रथम सम्मेलनबाट पौडेलको नेतृत्वमा ३७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

कार्यसमितिको उपाध्यक्षमा सिद्धान्त पुडासैनी, सचिवमा सागर गौतम, सहसचिवहरुमा मिलन गोङ्वा, प्रकृति अर्याल, आदर्श पौडेल र कोषाध्यक्षमा सन्देश गौतम रहेका छन् । अन्य ३० जना सदस्यहरु सर्वसम्मत चयन भएका छन् । कार्यक्रम नगर कमिटीका संयोजक नवराज पौडेलको सभाध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय कमिटीका महासचिव समिर बडालको प्रमुख आतिथ्यमा भएको हो ।