माओवादी अध्यक्ष प्रचण्ड भारत जाँदै

तु खबर संवाददाता
२०७९ असार ३०, बिहीबार ०९:५१
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत जाने भएका छन् । अध्यक्ष प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका हुन् ।

भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणमा प्रचण्ड भोलि त्यसतर्फ प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि गर्ने बताइएको छ । अध्यक्ष प्रचण्ड साउन १ गते स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ ।