बागमती प्रदेशसभा बैठक आज बस्दै

तु खबर संवाददाता
२०७९ असार २९, बुधबार ०९:३३

मकवानपुर । बागमती प्रदेशसभाको चालु दशौं अधिवेशनको २५ औं बैठक आज बस्दैछ । गत असार १६ गते प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पारित गरेसँगै अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा रहेका विधेयकहरु माथि दफावार छलफल भई प्रतिवेदन तयार भएका उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

यस्तै, बैठकमा संसदमा संशोधनका लागि पेश भएको केही प्रदेश ऐन संशोधन विद्येयक–२०७९ माथि छलफल हुने कार्यसूची रहेको प्रमुख सचिव खड्काले बताए ।