रुखमा झुण्डिएको अवस्थामा २ जनाको शव फेला

तु खबर संवाददाता
२०७९ असार २८, मंगलवार ०९:१४
file photo

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरी भन्ने स्थानको जंगलमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । उक्त शव काभ्रेको बनेपा नगरपालिका–१ का २८ वर्षीया सुदिना कर्माचार्य र ३२ वर्षीय दिवाकर थापा रहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, नागरिकता, पासपोर्ट लगायतका कागजपत्रको आधारमा उनीहरु शव सनाखत गरिएको हो । मंगलबार घाँस काट्न गएको बेला स्थानीयले रुखमा झुण्डिएको शव देखेर प्रहरीलाई खबर गरेका थिए । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।