अस्पतालकोे भवन निर्माणको क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ असार २६, आईतवार १८:३१
file-photo

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेहलकुना अस्पतालको भवन निर्माणको क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्वर ६ का १७ वर्षीया विजय विक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार, शनिबार अस्पतालको भवन निर्माणको काम गर्दैगर्दा करेन्ट लागेको उनको मृत्यु भएको हो । विजयको मृत्युसँगै आइतबार आफन्तहरुले मेहलकुना बजारमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले उचित क्षतिपुर्तिको माग गर्दै प्रदर्शन गरिरहेका हुन् ।