खड्कसहित दुई पुरुष मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ असार २६, आईतवार १६:४०
सांकेतिक तस्वीर

कपिलवस्तु । कपिलवस्तुमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन् । आइतबार जिल्ला छुट्टाछुटै स्थानमा २ जना पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रहरीका अनुसार, बुद्धभूमि नगरपालिका २ बस्ने ४१ वर्षीय खड्कबहादुर ओली र महाराजगन्ज नगरपालिका–१० मुजाहनास्थित नेपाल भारत सिमाना नजिकैको खेतमा स्थानीय ३८ वर्षीय धुन्नु धोबी मृत अवस्थामा भेटिएका हुन् । दुवै घटनाको बारेमा आवश्यक अनुसन्धान जारी रहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।