हेटौंडाका युवक पक्राउ

तु खबर संवाददाता
२०७९ असार २४, शुक्रबार १७:४४

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्रचौरबाट लागूऔषध डाईजेपाम ४ एम्पुलसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही वडाका २० वर्षीय प्रबिन सुनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई वडा प्रहरी कार्यालय हेटौडा मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार पक्राउ गरेको हो । हुप्रचौरमा शंकास्पद अवस्थामा बसिरहेका सुनारलाई चेकजाँच गर्दा सो परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।