२८५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

तु खबर संवाददाता
२०७९ असार २४, शुक्रबार १०:३१

मकवानपुर । मकवानपुरको राक्सिराङ गाँउपालिका वडा नमवर ८, देविटारस्थित श्री माविमा अध्ययनरत विद्यार्थीहरुलाई वितरण गरिएको छ । उक्त विद्यालयमा अध्ययनरत २ सय ८५ जना विद्यार्थीलाई विभिन्न ३ वटा शीर्षकमा छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक राजु रेग्मीले जानकारी दिए ।

प्रधानाध्यापक रेग्मीका अनुसार, छात्रा छात्रवृत्तितर्फ ७७ जना, दलित छात्रवृत्ति १३ जना तथा सिमान्तकृत छात्रवृत्ति १ सय ९५ जनालाई वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल मुक्तान तथा ८ नम्बर वडा सदस्य दिलबहादुर स्याङ्तानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।