सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ असार २३, बिहीबार ०९:३५
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंका सानोभर्याङ र शंखरापुरमा भएका सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । सानोभर्याङमा आज बिहान २ बजे बा ९५ प ९७२३ नम्वरको स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा चितवनका अर्जुन लोहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, स्कुटरको पछाडि सवार लोहनी दुर्घटनामा गम्भीर घाइते भएका थिए । घाइते उनको मनमोहन मेडिकल कलेज सीतापाइलामा मृत्यु भएका हो । स्कुटर चालक प्रहरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धन गरिरहेको छ ।

यसैगरी, काठमाडौंको शंखरापुर नगरपालिका–९ खुलालटारमा बा ५८ प ६५५० नम्वरको मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय दीपक केसी रहेको प्रहरीले जनाएको छ ।