मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते
मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । हिजो बुधबार साँझ आएको चट्याङ जिल्लाको बागमती गाउँपालिका वडा नम्वर १ बस्ने २१ वर्षीय दिव्यप्रकाश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बा ६० प ९४९१ नम्वरकोे मोटरसाइकलमा सवार भई यात्राको क्रममा रहँदा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, चट्याङ लागेर उक्त मोटरसाइकल चालक सोही स्थानका ३४ वर्षीय गुणचन्द्र राई घाइते भएका छन् । घाइते उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । मृतक दिव्यप्रकाशको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ ।
