निर्वाचन आयोगले माग्यो १० अर्ब खर्च
काठमाडौं । निर्वाचन आयोगले प्रदेश र संघको चुनावका लागि सरकारसँग १० अर्ब खर्चको व्यवस्था गर्न माग गरेको छ । बुधबार आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहितका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न मन्त्रीहरूबीच भएको छलफलमा आयोगले निर्वाचनको मितिका साथै सो रकमको प्रस्ताव गरेको हो ।
गत स्थानीय तहमा ७ अर्ब ८० करोड रुपैयाँ खर्च भएपनि अहिले विभिन्न सामग्रीहरुको महँगी बढेकोले बजेट बढाउन माग गरिएको आयोगका शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । आयोगले प्रदेश र संघको निर्वाचन आगामी मंसिर २ गते गर्न प्रस्ताव गरेको छ ।
