हेटौंडाकी एक महिलालाई हैजा पुष्टि
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ की एक महिलालाई हैजा रोग पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी एवम् जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेका अनुसार, दुई हप्ता अघि काठमाडौंस्थित आफ्नो माईती गएकी ३३ वर्षीया महिलामा हैजा पुष्टि भएको हो ।
ती महिलाको विरेन्द्र सैनिक अस्पतालमा उपचार भैरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सूचना अधिकारी घिमिरेले बताए । पछिल्लो दिनहरुमा काठमाडौंमा हैजाका बिरामीहरु बढ्दै गईरहेका छन् ।
