पहिरोमा पुरिएर सुर्खेतमा एक जनाको मृत्यु
सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मुत्यु भएको छ । पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक पहिरो जाँदा तुर्माखाँद गाउँपालिका–६ रानीवन अछामकी ७८ वर्षीया अमृता जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार, पहिरोमा परेर सोही ठाउँकी ७२ वर्षीय रती कामी घाइते भएकी छिन् । घाइते कामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी कर्णाली प्रदेश अस्पताल कालागाउँ ल्याइएको छ । जैसी र विक अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेका बेला पहिरो खसेको हो । उक्त घटनाको घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।
