हृदयघातका कारण फिल्म सम्पादक किरण अधिकारीको निधन
काठमाडौं । नेपाली फिल्मका ब्यस्त सम्पादक किरण अधिकारीको निधन भएको छ । अधिकारीको हृदयघातका कारण आइतबार निधन भएको छायाँकार रवि कोइरालाले जानकारी दिए ।
उनका अनुसार, अधिकारीलाई हृदयघात भएपनि अस्पताल लगिएको थियो । अस्पताल पुर्याउदै गर्दा उनको निधन भएको हो । उनले पछिल्लो समय दाई राजु अधिकारीसँग मिलेर करुणा फिल्मस् संचालन गर्दै आएका थिए ।
‘बिचबाटो’, ‘मेरो राजेश दाई’ ‘मधेस पुत्र’ लगायत थुप्रै फिल्म, म्युजिक भिडियो, डकुमेन्ट्री तथा विज्ञापन चलचित्र उनले सम्पादन गरेका छन् ।
