हेटौंडामा आजबाट नमुना प्रदेश युवा सभा अभ्यास कार्यक्रम सुरु
मकवानपुर । हेटौंडामा आजदेखि नमुना प्रदेश युवा अभ्यास कार्यक्रम सुरु भएको हो । उक्त नमुना कार्यक्रम प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजनामा सुरु भएको हो । कार्यक्रममा प्रदेशका विभिन्न स्थानीय तहका ७० जना युवाहरुको सहभागिता रहेका छन् ।
कार्यक्रमको उउद्घाटन गर्दै प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले संसदको राम्रो अध्यास गर्न आग्रह गरे । उनले संसद कसरी चलाउनुपर्छ र सफल राजनीतिक अभ्यास गर्न सबैलाई आग्रह गरेका हुन् । उनले नमुना भनेको नमुना रुपमानै यो कार्यक्रम गरेर देखाउन बताए ।
यस्तै, कार्यक्रममा प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामीले युवाहरुलाई राजनीतिप्रति बितृष्णा भइरहेको समयमा यो कार्यक्रम प्रभाबकारी रहने बताए ।
यसैगरी, कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले संसदीय अभ्यास सिकाउनका लागिनै यो कार्यक्रम गरिएको जानकारी दिए । अहिले युवालाई खोज्दै सरकार घर–घरमा पुगिरहेको अवस्थामा युवाहरु भने खाडी मुलुकमा कठिन श्रम गर्न बाध्य भएका बताउँदै उनले राजनीति भनेको फोहोरी खेल नभएको बताए ।
कार्यक्रम प्रदेश युवा परिषद्का निमित्त कार्यालय प्रमुख रमेश घिमिरेले सञ्चालन गरेका थिए ।
