५७ अंकले बढ्यो नेप्से, साढे २ अर्बको कारोबार
काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा एकाएक सुधार देखिएसँगै लगानीकर्ताहरुमा उत्साह थपिएको छ । जसको प्रभाव आजको कारोबार रकममा देखिएको छ ।
आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर किबेच हुँदा २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९८ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा रहेका सबै सूचकमा आज हरियाली छाएको छ । सर्वाधिक आज प्रतिशतका आधारमा हाइड्रोपावर सूचक ५.६३ प्रतिशतले बृद्धि हुन पुगेको छ भने रुपैयाँका आधारमा उत्पादन तथा प्रशोधन समूहको २५० रुपैयाँले बढ्न पुगेको छ ।



