उदयपुरको त्रियुगा नदी नियन्त्रणका लागि लगाइएको बाँध भत्कियो

तु खबर संवाददाता
२०७९ असार १८, शनिबार १०:०८
file-photo

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ मा त्रियुगा नदी नियन्त्रणका लागि बेल्हा गाउँतर्फ लगाएको बाँध बाढीले भत्काएको छ । बाँध भत्काएर करिब १० बिगाहा खेतमा बाढी पसेको छ ।

उद्घाटनअघि नै पुल भाँचिएपछि यस क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । वर्षायाम नजिकिंदै जाँदा पनि नदी वारपार गर्ने कुनै विकल्प नहुँदा उनीहरू ज्‍यान जोखिममा राखेर नदी तर्न बाध्‍य भएका छन् ।