दुर्घटनामा परेर १० जनाको मृत्यु

एजेन्सी
२०७९ असार १७, शुक्रबार १६:१२

इरान । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा भएको कार दुर्घटनामा परेर कम्तीमा १० जनाको मृत्यु भएको छ । बिहीबार राति भएको दुर्घटनामा कोनारकदेखि निक्शहर सडकमा दुईवटा कार ठोक्किएर आगलागी हुँदा उनीहरुको मृत्यु भएको सरकारी समाचार एजेन्सी इरनाले शुक्रबार जनाएको छ ।

यस्तै, अन्य दुई जना घाइते भएको इरान शहर युनिभर्सिटी अफ मेडिकल साइन्सेसका आपतकालीन सेवाका अधिकारी रेजे अरबाबी नसराले इर्नालाई बताएका छन्। उनका अनुसार, घाइतेहरूलाई उपचारका लागि चाबहार इमाम अली अस्पताल लगिएको छ ।