मकवानपुरका प्रजिअ भरतमणि पाण्डेको सरुवा
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको सरुवा भएको छ । पाण्डेले जिल्ला प्रशासन कार्यालय रुपन्देही सरुवा भएका हुन् ।
उनको सरुवा भएसँगै मकवानपुरमा राजेन्द्र देव पाण्डे आउने भएका छन् । राजेन्द्र देव यसअघि गृह मन्त्रालयमा कार्यरत थिए ।
