परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालको एसईईको प्रश्नपत्र बिक्री गर्ने
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का प्रश्नपत्र बिक्री गर्ने भएको छ । कार्यालयले झुरा कागजमा राजश्व उठ्ने गरी बेच्नको लागि बोलपत्र आह्वान गरेको छ ।
परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले भने ‘हामीले झुरा कागजमा राजश्व उठ्ने गरी टेन्डरमा दिन्छौं । जलाउनु भन्दा रिसाइक्लिङ गर्नु राम्रो हो, केही आम्दानी पनि हुन्छ ।’ नियन्त्रक रायमाझीको अनुसार, करिब २० करोडलागतमा छापिएको प्रश्नपत्र करिब ३ ट्रक छ ।
यी प्रश्नपत्र बोरामा हालेर परिसरमा राखिएको छ । यसअघि २०७६ सालको प्रश्नपत्र प्रहरीको रोहबरमा जलाइएको थियो ।
