लागुपदार्थ ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा प्रभातफेरी

तु खबर संवाददाता
२०७९ असार १२, आईतवार १०:३२

मकवानपुर । हेटौंडामा लागुपदार्थ दुरुप्रयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रभात फेरी कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय, मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धको संजालसहितका विभिन्न मानव अधिकार तथा लागूऔषध सम्बन्धी विषयका सामाजिक संघसंस्थाहरुको सहभागितामा गरिएको हो ।

हेटौंडा बजारको विभिन्न स्थानमा परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालयमा पुगेर प्रभातफेरी कार्यक्रम समापन भएको थियो । प्रभात फेरी कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललितकुमार घलान, बागमती प्रहरी कार्यालयमा प्रमुख जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी गण, मामाघर नेपाल, विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।