माछा मार्ने क्रममा डुबेर एक जना बेपत्ता
चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १ मा पोखरीमा जमेको पानीमा माछा मार्न गएका एक युवक डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भरतपुर–२ आँपटारी बस्ने २४ वर्षीय राम रिजाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार, रिजाल शुक्रबार बिहान माछा मार्ने क्रममा अड्किएको बल्छीनिकाल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् । बेपत्ता रिजालको विपद् व्यवस्थापन सहितको प्रहरी उद्धार टोलीले खोजी कार्य गरिरहेको प्रहरीले जनाइएको छ ।
