पूर्वमन्त्रीको घर अगाडि शंकास्पद वस्तु फेला
विराटनगर । नेकपा एमालेका नेता तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडि आज बिहानै शंकास्पद वस्तु फेला परेको छ ।
बिहान करिब साढे ५ बजे झापाको गौरादह नगरपालिका–३ गौरादह बजारमा रहेको कार्कीको घर अगाडि प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, प्रेसर कुकरमा तार बेरेर राखेको अवस्थामा भेटिएको शंकास्पद वस्तु फेला परेको हो । उक्त वस्तु निष्कृय पार्न नेपाली सेनाको टोली घटनास्तलतर्फ जाँदैछ भने इलाका प्रहरी कार्यालय दमकको टोली भने पुगिसकेको छ ।
