हेटौंडामा आज एक दिने ‘डेरी मेला’ हुने

तु खबर संवाददाता
२०७९ असार १०, शुक्रबार ०८:३६

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आज (शुक्रबार) एक दिने ‘डेरी मेला’ हुने भएको छ । उक्त मेला नेपाल डेरी एसोसिएसनले आफ्नो २२ औं वार्षिक साधारण सभा एवम् ८ औं राष्ट्रिय महाधिवेशनको अवसरमा आयोजना गर्न लागेको हो ।

दुधको महत्व र दुग्ध पदार्थको उपभोगमा वृद्धि गर्न प्रचारप्रसार गर्न उक्त मेलाको आयोजना गर्न लागिएको एसोसिएसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले जानकारी दिए । उनका अनुसार, मेला हेटौंडा–२ को पल्पसा सदनमा बिहान १० बजेदेखि अपरान्न ४ बजेसम्म संचालन हुनेछ भने त्यसपश्चात एसोसिएसनको साधारणसभा एवं अधिवेशन सुरु हुनेछ ।

उक्त मेलाको उद्घाटन कार्यक्रम बागमती प्रदेशका कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाईले गर्ने भएको एसोसियसनका अध्यक्ष सापकोटाले बताए ।