मोटरसाइकलको ठ्रक्करबाट मगरको मृत्यु

तु खबर संवाददाता
२०७९ असार ५, आईतवार १०:११

महोत्तरी । महोत्तरीमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका–४ मगरटोल बस्ने ५० वर्षीय गणेशबहादुर थापा मगर रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

गौशाला बजारबाट साइकलमा घर जाने क्रममा सोही दिशाबाट बर्दिबासतिर जाँदै गरेको ज १० प २०६६ नंको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकामा उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात मोटरसाइकल चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको जनाइएको छ ।