मकवानपुरमा राष्ट्रिय परिचयपत्र बनाउने कार्य स्थगन
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले विहिबारदेखि राष्ट्रिय परिचयपत्र बनाउने कार्य स्थगन गरेको छ । कार्यालयले विहिबार एक सूचना जारी गर्दै असार १ गते राति बर्षासँगै परको चट्याङका कारण राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको राउटर समेतका मेशिनहरु विग्रिएकाले दर्ता प्रक्रिया हालाई स्थगित गरिएको जनाएको छ ।
अर्को सूचना नभएसम्मका लागि राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने कार्य हाललाई स्थगन भएको सो पत्रमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले यसबाट सेवाग्राहीहरुमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ ।

