बागमती प्रदेशसभा बैठक : अनुमानित बजेटको प्रस्ताव टेबुल
मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रस्तुत अनुमानित बजेटको प्रस्तावप टेबुल भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले सरकारको तर्फ सार्वजनिकरण आव बजेटको प्रस्ताव छलफलका लागि टेबुल गरेका हुन् ।
यस्तै, उनले सरकारको चालु आर्थिक वर्ष २०७८/०७९ को राजश्व आय र व्ययको वार्षिक अनुमानको प्रतिवेशन पनि प्रस्तुत गरेका छन् ।प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक भोलि असार २ गते विहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका थिए ।
