आजको विदेशी मुद्राको विनिमय दर

तु खबर संवाददाता
२०७९ असार १, बुधबार ०९:२७
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय साठी रुपैयाँ र बिक्री दर एक सय साठी रुपैयाँ १५ पैसा रहेको छ ।

अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ४८ पैसा र बिक्री दर १२५ रुपैयाँ ०८ पैसा रहेको छ । यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ९३ पैसा र बिक्री दर १३० रुपैयाँ ५६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ २२ पैसा र बिक्री दर १५० रुपैयाँ ९५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ १० पैसा र बिक्री दर ३४ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।