मंगलबार ३६ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको तेस्रो अर्थात मंगलबार शेयरबजारमा गिरावट आएको छ । केही दिनयता लगातार घटिरहेको नेप्से मंगलबार ३६.०७ अंकले गिरावट आएको हो । यसअघि सोमबार १५.८२ अंकले घटेर २०३२.३४ अंकमा पुगेको नेप्से आज ३६ अंकले घटेर इन्डेक्स १९९६ सयको विन्दुमा पुगेर रोकिएको छ ।
आज नेप्सेमा सूचीकृत २३२ कम्पनीहरुको ४१ लाख ४७ हजार २५५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँको कारोबार भएको छ । यसअघि सोमबार नेप्सेमा सूचीकृत २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता शेयर किनबेच हुँदा ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँको कारोबार भएको थियो ।
त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । आज पनि बीमा सूचकहरुको शेयर सर्वाधिक घट्न पुगेको छ । निर्जिबन बीमा समूहको २४२ रुपैयाँ ७ पैसाले घट्दा जीवन बीमा समुहको १८६ रुपैयाँ ८८ पैसाले घट्न पुगेको छ ।
