सवारी अनुमति पत्रमा वर्ग थप गर्न आवेदन खुल्ला

तु खबर संवाददाता
२०७९ जेष्ठ ३१, मंगलवार ०९:०८

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को वर्ग थपका लागि आवेदन खुल्ला गरेको छ । विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाइन प्रणालीमार्फत आवेदन खुल्ला गरेको हो ।

विभाग अन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोष पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न समेत अनलाइन आवेदन दिन सकिने जानकारी दिएका हुन् । विभागले यसअघि सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुल्ला गरेको थियो ।