ट्याक्टरको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु

तु खबर संवाददाता
२०७९ जेष्ठ ३१, मंगलवार ०८:२७

दमक । झापाको गौरादहमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको गौरादह–१ स्थित सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१ नम्वरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय ९ वर्षीय गौरव अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार, ट्याक्टरको ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने सवारी चालक झापाको कमल गाउँपालिका–१ का २६ वर्षीय विनोद चौधरीलाई गौरादह प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।