वडा सदस्य अधिकारीले गरे व्यक्तिगत खर्चमा २५ जना बालबालिकाको विद्यालय भर्ना
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ का नवनिर्वाचित वडा सदस्य कृष्णबहादुर अधिकारीले आफ्नो व्यक्तिगत लगानीमा वडाका २५ जना विपन्न बालबालिकाको विद्यालय भर्ना गराएका छन् ।
वडाको गैरीगाउँ, राईटोलका कक्षा नर्सरीदेखि ८ सम्मका १६ छात्रासहित २५ बालबालिकालाई आज जनप्रिय माध्यमिक विद्यालयमा भर्ना गर्नका लागि एकमुष्ट रकम अभिभावकमार्फत हस्तान्तरण गरिएको हो ।
आर्थिक कारणले शिक्षा पाउनबाट कोही पनि बञ्चित हुन नहुने भन्दै सदस्य अधिकारीले वडाका विपन्न बालबालिकाको शिक्षाका लागि आफ्नो सहयोग निरन्तर हुने बताएका छन् ।
