खोलामा डुबेर दुई जनाको मृत्यु
काठमाडौँ । तनहुँ जिल्लाको भानु नगरपालिका वडा नम्वर २ स्थित चुँदीखोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । आइतबार चुँदी खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा उनीहरुको ज्यान गएको हो ।
मृत्यु हुनेमा भानु नगरपालिका–२ का ३५ वर्षीय धनबहादुर गुरुङ र सोही ठाउँका २२ वर्षीय सागर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले खोलाबाट शव निकालेका थिए ।
