भक्तपुरमा एक पुरुषको हत्या, ४ जना पक्राउ
काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपलिका–८ बोडेमा एक पुरुषको हत्या भएको छ । थिमी नगरपालिका–८ मा बस्दै आएका ५१ वर्षीय कल्याण साहुको हत्यामा भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । आइतबार बिहान बोडेस्थित लर्ड बुद्ध स्कुल अगाडि कल्याणको शव भेटिएको थियो । साहुको काठको फर्माले हिर्काएर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा राखिएको र उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
