बसको ठक्करबाट दाहालको मृत्यु

तु खबर संवाददाता
२०७९ जेष्ठ २७, शुक्रबार ०८:२९
सांकेतिक तस्वीर

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको मौवाखोला नजिकै आज बिहान बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्वरको (नेपाल–भारत मैत्री) बसको ठक्करबाट सोही बसका सहचालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनसरी झुम्का बस्ने २३ वर्षका जनक दाहाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, बसको ठक्करबाट दाहालको घटनास्थलमै मृत्यु भएको हो । उनको शव पोष्टमार्टमको लागि भरतपुरस्थित सरकारी अस्पताल ल्याइएको छ ।

उक्त बस र चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनको टोलीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।