चितवनमा बस दुर्घटना, हेटौंडाकी सिलवालसहित १० जना घाइते
चितवन । चितवनको राप्ती नगरपालिका वडा नम्वर ६ हर्दीस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बस दुर्घटना हुंँदा १० जना घाइते भएका छन् । बिहान नारायणघाटबाट बिरगंजतर्फ आउँदै गरेको ना ७ ख ६०७६ नम्वरको बस दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइते हुनेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकी मञ्जु सिलवाल, बारा कलैयाका मनोज गिरी, सोही ठाउंँका निरञ्जन पासवान, भारत रक्सौलका भोलन गिरी, सोही ठाउंँका उगम पटेल, रौतहत कडरियाका सुरेश दास, सोही ठाउंँका आश कुमार यादव, भरतपुर महानगरपालिका वडा नम्वर १७ का भरत ढकाल, वडा नम्वर २६ का दिलबहादुर बिक र सोही ठाउंँका रेवारे बिक रहेका छन् ।
घाइतेमध्ये भरत ढकाल, दिलबहादुर बिक र रेवारे बिकको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ भने अन्यको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । बसका चालक फरार भएको र उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
