ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
धादिङ । धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोर्खाको गण्डकी गाउँपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ वर्षीया राममाया विक रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार, गएराति पैदल हिंडीरहेकी उनलाई काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ८ ख ५१७३ नम्वरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी विकको उपचारको क्रममा काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
