हेटौंडा उपमहानगरपालिकाद्वारा शारिरीक अशक्तलाई ह्विलचेयर हस्तान्तरण

तु खबर संवाददाता
२०७९ जेष्ठ २५, बुधबार १७:४२

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले शारिरीक रुपमा अशक्त भई दैनिक जिवनमा समस्या व्यहोरेका हेटौंडा–१७ का एक युवालाई ह्विलचेयर वितरण गरेको छ । उपमहानगरको महिला तथा बालबालिका महाशाखाको समन्वयमा हेटौंडा उपमहानगपालिका वडा नम्वर १७ बस्ने १६ वर्षीय भोजराज घिमिरेलाई ह्विलचेयर वितरण गरेको हो ।

उक्त ह्विलचेयर नगरप्रमुख मिनाकुमारी लामाले बुधबार घिमिरेका बुबा कृष्णप्रसाद घिमिरेलाई हस्तान्तरण गरेकी हुन् । उपमहानगरले चालु आर्थिक वर्षको हालसम्म नगरका विभिन्न वडामा रहेका शारीरिक अशक्तहरुलाई पटक/पटक गरी ७० वटा भन्दा बढी ह्विलचेयर वितरण गरेको महाशाखा प्रमुख सापकोटाले जानकारी दिए ।